सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ६ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो भने आइतबार ९३ हजार ४ रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको थियो भने आइतबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु