काठमाडौं म्यारियट होटेलद्वारा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान



काठमाडौं । काठमाडौँ म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा सिएम पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री र सरसफाइका सामानहरु वितरण गरेका छन् ।

सिएम पाठशाला गोकर्णेश्वर, जोरपाटीमा अवस्थित एक सानो गैर-नाफामुखी संस्था हो । जसले मजदुरहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ ।

म्यारियट इन्टरनेशनलले विभिन्न ३६० कार्यक्रमहरु म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै कामहरु गरिरहेको छ । म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौँ म्यारियट हाम्रो समुदायमा सकरात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको कम्पनीको दावी छ ।


क्लिकमान्डु