आज फेरि मन्त्रिपरिषद बिस्तार गर्दै प्रधानमन्त्री ओली, को-को बन्दैछन् ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

ओलीले आज ७ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । उनीहरुको आजै सपथ हुनेछ ।

ओलीले गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनी राना, उद्योग मन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र विनाबिभागीय मन्त्रीमा मोहन बानियाँलाई नियुक्त गर्न लागेका हुन् । त्यसैगरी वनराज्यमन्त्रीमा आशा विकलाई नियुक्त गर्न लागेका हुन् ।


क्लिकमान्डु