सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बिहीबार ३ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको थियो भने बिहीबार ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको थियो भने बिहीबार ५ रुपैयाँ बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु