सिजी ब्राण्डको डिसवासर बजारमा

क्लिकमान्डु २०७८ जेठ २६ गते १६:३९ मा प्रकाशित

काठमाडौं । सिजीले हालै नेपाली बजारमा आफ्नो घरायसी सामग्री डिसवासर ल्याएको छ । कम्पनीले सहुलियत मूल्यमा आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो ।

यी डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरु भएकाले यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीको दावी छ ।

यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गरी आफ्नो भाँडाहरुलाई सफा गर्न सकिनेछ ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वि.एल.डि.सि. टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।

स्टिम वासको सहायताले कट्कटिएका भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरी हाईजिनिक राखी सफा गर्न सक्ने क्षमता छ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ । यो विशेषताको कारण धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावाभित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि तपाईको भाँडाहरु थोरै छन् भने डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरी भाँडा धुन सकिनेछ । यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ ।

अब डिसवासरको खरिदमा तपाईले १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाइनेछ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स