विश्वका चर्चित सञ्चारमाध्यमका वेवसाइट डाउन



एजेन्सी । क्लाउड सर्भिसमा समस्या आएपछि संसारभरका प्रसिद्ध अनलाइनमा समस्या आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संसारभरका सबैभन्दा ठूला न्यूज बेवसाइट डाउन भएका छन् । फाइनान्सियल टाइम्स, न्यूर्योक टाइम्स, ब्लूमवर्ग जस्ता बेवसाइट डाउन भएका छन् । साइट डाउन भएपछि समाचार सामग्री हेर्न कठिनाइ भएको छ । कन्टेन्ट डेलिभरी नेटवर्कमा समस्या आएको बताइएको छ ।

समाचारको डिजिटल दुनियाँ नै समस्यामा परेको छ ।

प्रमुख डिजिटल सञ्चारमाध्यममा अवरोध आएको र खुल्न नसकेको देखिन्छ । बेलायतका अधिकांश समाचार बेवसाइट खुल्नमा समस्या आएको छ । यो समाचार तयार पार्दासम्म किन यस्तो समस्या आयो भनेर कुनै पत्ता लाग्न सकेको छैन । समस्याका बारेमा संसारभर नै केही जानकारी पाउन सकिएको छैन ।

अमेजनको रिटेल बेवसाइटमा समेत यस्तै खालको समस्या देखा परेको छ । कम्पनीले हालसम्म कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । यस्तै, बेवसाइटहरु रेडिट, पिनस्ट्रेट, ट्वीच, बीबीसी, ब्लूमवर्ग जस्ता अनलाइनमा समस्या देखिएको छ ।


क्लिकमान्डु