आरबिआाईले भन्यो- मौद्रिक नीतिमा कुनै परिवर्तन हुँदैन, के होला भारतको अर्थतन्त्र ?



काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण असाध्यै समस्यमा परेको दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको भारत समस्यामा परेकै छ ।

सो सम्बन्धमा भारतको केन्द्रीय बैंकले पनि पछिल्लो अवस्थाका बारेमा बोलेको छ । भारतीय रिजर्भ बैंकका गर्भनर शक्तिकान्त दासले कोरोना कहरमा पनि भारतको अन्तर्राष्ट्रिय व्यापारमा सुधार भएपनि निर्यात क्षेत्रको बढावाका लागि अझै पनि सहयोगको जरुरी रहेको बताएका छन् ।

उनले भनेका छन् कि विदेशमा माग बढी रहेको छ, तयस आधारमा सुधार होला भन्ने अपेक्षा रहेको छ । तर केही विकसित देशको अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ । उनीहरुले व्यापक मात्रामा कोरोना विरुद्धको खोप प्रयोगलाई बढावा दिएका छन् । त्यसकारण पनि अर्थव्यवस्था सामान्य हुन थालेको छ ।

शक्तिकान्त दासले आरबिआईको ताजा मौद्रिक नीतिको बारेमा जानकारी दिँदै कुनै पनि दरमा परिवर्तन नहुने बताएका छन् । उनले शुक्रबार मौद्रिक नीति तय गर्ने मनिटरी पोलिसी कमिटिको बैठकमा फेरी एक पटक रिपो रेट ४ प्रतिशत तथा रिभर्स रिपो रेट ३.३५ प्रतिशत बराबर हुने गरी तय गरेको बताएका छन् ।

उनले यो छैटौं पटक आरबिआईले रेटमा परिवर्तन ल्याएको भएपनि अब कुनै पनि परिवर्तन नहुने उल्लेख गरेका छन् । शक्तिकान्त दासका अनुसार कोरोना महामारीमा कारण अर्थतन्त्रमा अनेकन खालका चुनौती देखिएका छन् । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि केन्द्रीय बैंकले केही न केही परिवर्तन गर्ने अपेक्षा गरिएको भएपनि कुनै सुधार नगर्ने घोषणापछि तत्काल परिर्वतन हुने सम्भाव्यता देखिएको छैन ।

बैंकले चालु आर्थिक वर्षको कूल जिडिपीमा ९.५ प्रशितशतको सुधार आउने अपेक्षा लिइएको छ । तर, उसले १०.५ प्रतिशतसम्मको सुधार हुने दावी समेत गरेको छ ।

बैंकले सन् २०२६ सम्म मुद्रास्फिती ४ प्रतिशत भन्दा कम गर्ने लक्ष्य राखेको जनाएको छ ।

आरबिआईले महामारीसँग जुधीरहेको अर्थतन्त्र सुधारका लागि आगामी जुनमा ४० हजार करोड बराबरको सरकारी सेक्युरिटी खरिद गर्ने जनाएको छ । त्यसको साथ साथै दोस्रो त्रैमासमा १.२० लाख करोड बराबरको जी सेक्युरिटी खरिद गर्ने लक्ष्य छ ।


क्लिकमान्डु