मदिरा व्यवसायी महासंघद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग



काठमाडाैं । नेपाल मदिरा व्यवसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

महासंघले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमार्फत् उक्त सामग्री प्रदान गरेको हो ।

नेपाल मदिरा  व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेललाई बिहीबार १० हजार माक्स र एक हजार सेनिटाइजर हस्तान्तरण गर्नु गरेका हुन् ।

मदिरा महासंघका अध्यक्षले विकट तथा दुर्गम क्षेत्रमा रहेका पत्रकारहरु स्वास्थ्य सामग्रीहरुको अभावमा जोखिम बढ्न सक्ने भएकाले उक्त सहयोग गरिएको बताए । हामीले विभिन्न संकटहरुमा मानवीय सेवा र सहयोग गदै आएको बताउँदै शर्पाले आगामी दिनमा पनि नेपाल पत्रकार महासंघसंग सहकार्य गर्ने पनि बताए ।

स्वास्थ्य सामग्री सहयोग गरेकोमा नेपाल पत्रकार महासंघले मदिरा ब्यवसायी महासंघलाई आभार तथा धन्यवाद दिएको छ ।

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेलले मदिरा व्यवसायी महासंघले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुका प्रदान गरिने बताए ।

उक्त स्वाथ्य सामग्रीहरु बोकेर मदिरा महासंघका केन्द्रीय  अध्यक्ष सोनाम शेर्पासहित रुपक अर्याल, सदस्य राजन केसी पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगल काठमाडौ पुगेका थिए ।

उक्त कार्यक्रमा पत्रकार महासंघका केन्द्रीय  अध्यक्ष बिपुल पोखरेल, बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष कलेन्द्र सिलवाल लगायतको सहभागिता थियो ।


क्लिकमान्डु