कोरोनाको असरः पञ्चकन्या स्टिलको आम्दानीमा भारी गिरावट, साढे ४ वर्षमा ५० प्रतिशतले घट्यो



काठमाडौं । कोरोना महामारीको असर निर्माण सामग्रीमा देखिएको छ । जसका कारण निर्माण सामग्री उत्पादन गर्ने कम्पनी पञ्जकन्या स्टिलको आम्दानीमा देखिएको छ ।

कम्पनीका अनुसार सन् २०१८ मा ५ अर्ब २२ करोड १० लाख रुपैयाँ रहेकोमा सन् २०२१ सम्म आइपुग्दा अपरिस्कृत विवरण अनुसार २ अर्ब ५८ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।

त्यसैगरी कम्पनीको आम्दानी सन् २०१९ मा ४ अर्ब ५७ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ३ अर्ब २६ करोड ६० लाख रुपैयाँमा सीमित भएको थियो ।

कम्पनीले सन् २०२१ को जनवरीमा प्रतिवर्ष १ लाख ५० हजार मेट्रिक टन उत्पादन गर्ने गरी क्षमता थप गरेको छ । यसका लागि कम्पनीले हालै ५ अर्ब २५ करोड रुपैयाँ ऋणका लागि रेटिङ समेत गराएको छ । कम्पनीले २ अर्ब १९ करोड रुपैयाँ लङ ट्रम र ५ अर्ब ३ करोड रुपैयाँ सर्ट ट्रम कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले ए फोर रेटिङ पाएको छ ।

आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा निर्माण क्षेत्रका लागि ५५ बिलियन बिनियोजन गरिएकोमा यसले निर्माणको काममा तीव्रता आउने र आम्दानी बढ्ने कम्पनीको अनुमान छ ।

कम्पनीले कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको छ भने कुल सञ्चालनमा ८८ प्रतिशत खर्च कच्चा पदार्थमा मात्रै हुँदै आएको छ ।

पञ्चकन्या ब्राण्ड अन्तर्गत उत्पादन तथा बिक्री विवरण गरिरहेको कम्पनीका नेपालमभर ९० वटा डिलर छन् भने बल्खु, ललितपुर, भैरहवा, पोखरा, धनगढी, नेपालगञ्ज र बिर्तामोडमा ७ वटा डिपोर्ट छन् ।

टीएमटी स्टिल बार उत्पादन गर्ने उद्देश्यले सन् १९९५ मा स्थापना भएको कमपनीको उद्योग वीरगञ्जमा छ । कम्पनीका निर्देशक र अध्यक्षमा प्रेमबहादुर श्रेष्ठ छन् भने प्रबन्ध निर्देशमा प्रदीपकुमार श्रेष्ठ छन् ।


क्लिकमान्डु