सनराइज बैंकको सुनवल र लम्किशाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । सनराइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकास्थित सुनवल अस्थायी कोभिड अस्पताललाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवम् न्यूनिकरणका लागि सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताललाई उक्त सहयोग गरिएको बैंंकका सुनवल शाखा प्रबन्धकले जानकारी दिए ।

त्यसैगरी बैंकको लम्की शाखाले पनि गत शुक्रबार लम्की चुहा नगरपालिकाको स्वास्थ्य शाखाअन्र्तगत रहेको लम्कीचुहा अस्पताल र ईलाकाप्रहरी कार्यालय लम्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

फिल्डमा गएर काम गर्न स्वास्थकर्र्मी र प्रहरीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले लम्कीचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीलाई पिपिई सेट,पन्जा, सर्जिकल मास्क, फेस सिल्ड, सेनिटाईजर लगायतका स्वाथ्य समाग्री प्रदान गराएको हो ।

बैंकको लम्की शाखा प्रबन्धक मातृका खड्काले लम्की चुहा अस्पतालका प्रतिनिधि महेश विष्ट र ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहलाई उक्त सामग्री हस्तान्तरण गरे ।


क्लिकमान्डु