एभरेष्ट बैंक र श्पुन रेमिट बेलायतबी रेमिट्यान्सका लागि सम्झाैता



काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफीले सयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

श्पुन रेमिट, अनलाइन प्रडक्ट र ट्रेडिङका लागि दर्ता गरिएको एमए फास्टमोवअन्तर्गतको नाम हो । जुन वेबका साथै मोबाइल एप्लिकेसनको दुबै एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध छ ।

अब बेलायतमा रहेका रेमिटरहरुले आफूलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

श्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजिटमार्फत् वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपालभरी फैलिएको ९ हजारभन्दा बढी पे आउट एजेन्ट र बैंकको १०३ वटामध्ये कुनैपनि शाखाबाट नगद भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु