डिसहोमको नयाँ अभियान ‘मेरो मनको दोस्रो देश’



काठमाडौं । डिसहोमले यूईएफए यूरो २०२० का फुटबलप्रेमीलाई लक्षित गरी नयाँ अभियान मेरा मनको दोस्रो देश शुरु गरेको छ ।

गत वर्ष महामारीको कारण रद्द गरिएको यूईएफए यूरो २०२० यसवर्ष प्रसारण गर्न डिसहोम तयार रहेको कम्पनीको भनाइ छ ।

दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टसबाट हेर्न सक्नेछन् ।

सामाजिक सञ्जालमा ३ःभचयःबलपयम्यकचयम्भकज ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमाञ्चकारी बनाउने योजना कम्पनी छ ।

अभियानमा भाग लिनका लागि सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आफूले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ ।

खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । प्रतियोगिताको क्वाटरफाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्यसम्म आफ्नो मनको देशलाई समर्थन गरी #MeroMankoDosroDesh संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।

विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् । विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।

डिसहोम नेपालको सबैभन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको सञ्चालक हो । नेपालको ७७ जिल्लाहरुमा सेवा सञ्चालन भएसंगै यो नेपालको संपूर्ण बजारहरुमा सक्रिय रहेको छ ।


क्लिकमान्डु