सेयर बजारमा फेरि हरियाली, लगानीकर्ताको रोजाइमा फाइनान्स र विकास बैंक



काठमाडौं । बुधबारको कारोबारमा सेयर बजारमा फेरि हरियाली छाएको छ । सोमबार र मंगलबार गिरावट देखिएको नेप्से परिसूचक ५५.७६ अंकले बृद्धि भइ फेरि २८२७.१३ अंकमा पुगेको छ ।

यो दिन २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँमा कारोबार भएको छ । जसमा १७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ म्यूचुअल फण्डबाहेकमा वृद्धि देखिएको छ । सबैभन्दा फाइनान्समा ९.९१ प्रतिशत, विकास बैंक ६.१३ प्रतिशत, निर्जीवन बीमाा कम्पनीको ३.३४ प्रतिशतले वृद्धि देखिएको छ ।

यो दिनको कारोबारमा राष्ट्रिय बीमा कम्पनी र सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यसैगरी मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल रि इन्स्योरेन्स कम्पनी, युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट देखिएको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा राधी विद्युत् कम्पनी, एनबीबीएल डिबेञ्चर २०८५, विशाल बजार कम्पनी, सिटिजन म्यूचुअल फण्ड २ छन् ।


क्लिकमान्डु