हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्दान्तिक सहमति



काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।

राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जानको लागि सैद्दान्तिक सहमति दिएको हो ।

राष्ट्र बैंक स्रोतले दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक सहमति दिएको जानकारी दिए । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक १ बराबर १ को अनुपातमा मर्जर गर्न तयार भएका हुन् ।

यस्तै राष्ट्र बैंकले नबिल बैंकलाई यूनाइटेड फाइनान्स गाभ्नको लागि पनि सैद्दान्तिक सहमति दिएको छ । नबिल बैंकले पहिलो पटक कुनै संस्थालाई गाभ्न लागेको हो ।

राष्ट्र बैंकले सैद्दान्तिक सहमति मर्जर तथा एक्विजेशनको प्रक्रिया अगाडि बढ्छ । हिमालयन र नेपाल इन्भेष्टमेन्टको एकीकृत कारोबार भने अर्को आर्थिक वर्षदेखि हुने छ । नबिल बैंकले भने युनाइटेडलाई यो वर्षमा नै गाभ्ने तयारी गरेको छ ।


क्लिकमान्डु