प्रशारणलाइन र सबस्टेशन बनाउन साढे ३७ अर्ब ६१ करोड बजेट, एमसीसीले कति पायो ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै विद्युत प्रशारणलाइन र सबस्टेशन निर्माणका लागि ३७ अर्ब ६१ करोड रुपैयाँ बराबर बजेट बिनियोजन गरेको छ ।
सरकारले बुटवल-कोहलपुर, कोहलपुर-लखनउ, लम्की-बरेली अन्तरदेशीय प्रशारणलाइनका लागि ४ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, खिम्ती-बाह्रबिसे-काठमाडौं र हेटौडा-ढल्केबर प्रशारणलाइन र रसुवागढी-चिलिमे रातामाटे प्रशारणलाइनको विस्तृत सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याइएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन नेपाल अकाउन्ट (एमसिए) को अनुदान सहयोगमा निर्माण हुने भनिएको हेटौडा-बुटवल विद्युत प्रशारणलाई निर्माणका लागि सरकारले बजेट छुट्याएको वक्तव्यमा उल्लेख छ ।