तारे होटल र सिमेन्ट कारखानाले बनाएको पहुँचमार्गमा सरकारले ७५ प्रतिशत शोधभर्ना दिने



काठमाडौं । तारे होटल र सिमेन्ट कारखानाले बनाएको पहुँचमार्गमा सरकारले ७५ प्रतिशत शोधभर्ना दिने भएको छ ।

निजी क्षेत्रबाट संचालिन त्यस्ता योजनाहरुका लागि निर्माण भएको पहुँचमार्गमा लागेको लागतको ७५ प्रतिशत शोधभर्ना दिने निर्णय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षका विभिन्न स्थानहरुमा नयाँ खानी उत्खनन कारखाना खोल्ने पनि बजेटमार्फत घोषणा गरेको छ ।

सरकारले दैलेखको चुप्रामा संचालिन पेट्रोलियम अन्वेषण कार्य २ वर्षभित्र सम्पन्न गर्ने, मुस्ताङको लोमान्थाङमा रहेको युरोनियमलगायत रेडियोधर्मी पदार्थ संरक्षण र उत्खनन गर्ने, बैतडीमा फस्फराइड, दैलेखमा म्याग्नेसाइट, उदयपुर, ओखलढुंगा र तनहुँमा तामाखानी उत्खनन कार्य शुरु गर्ने सरकारले घोषणा गरेको छ ।


क्लिकमान्डु