नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा अस्पताल तथा आइसोलेसन केन्द्रलाई ४९ लाख सहयोग
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ७ वटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रलाई ४९ लाख रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि बैंकले उक्त रकम सहयोग गरेको हो ।
उक्त सहयोग रकम प्रदेश नम्बर १ मा दकम नगरपालिका, प्रदेश नम्बर २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपालिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा बीरेन्द्रनगर नगरपालिका र प्रदेश नम्बर ७ मा महाकाली अस्पताललाई प्रदान गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।