अर्घाखाँची सिमेन्टद्धारा स्वास्थ्य चौकी निर्माण गरि हस्तान्तरण



मैनहिया । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका वडा नं–२ मैनहियामानिर्मित मैनहिया स्वास्थ्यचौकी भवनको उद्घाटन गरेको छ ।

उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले उद्घाटन गरे ।

अर्घाखाँची सिमेन्टले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।

अर्घाखाँची सिमेन्टका निर्देशक राजेशकुमार अग्रवालले मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्य चौकी आफ्नोघरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको र अहिले स्थानीयतहको लागि सहज हुने गरेर भवन निर्माण गरेको बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले  सम्पूर्ण जनमानसको लागि गरिएको प्रशंसनिय कार्यको अर्घाखाँची सिमेन्टलाई धन्यवाद दिए ।


क्लिकमान्डु