इजी ट्याक्सीको निःशुल्क शिक्षा तथा राहत कार्यक्रम घोषणा



काठमाडौं । राइड सेयरिङ कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदूरहरुको परिवारको लागि निःशुल्क शिक्षा सामाग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।

दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुको व्यवसायाय व्यवस्थित र मर्यादित तथा समय सापेक्षरुपमा सञ्चालन गर्नका लागि सक्रिय रहेको यस इजि ट्याक्सीले अहिलेको अवस्थामा राहत कार्यक्रम ल्याएको हो ।

कोरोनाभाइरसको महामारीले यो व्यवसाय हालको समयमा उठ्न नसक्ने गरि एकदमै धरासायीअवस्थामा पुगेको छ ।

यस्तो अवस्था हुँदाहुँदै केही हाम्रा मिहिनेती स्वरोजगार तथा मजदूर चालक साथीहरुको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

यस दुखद घडीमा उहाँहरुको परिवालाई केही सहयोग पुर्याउने उद्देश्यले परिवारको एकजना बालबालिकालाई दश कक्षासम्मको पढाइ खर्च व्यहोरी सहयोग गर्ने इजी ट्याक्सी नेपालका सञ्चालक सञ्जित पौडेलले बताए ।

कोही बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भन्नका लागि यस प्रकारको सहयोग गरिएको उनको भनाइ छ ।

‘यस कोरोना महामारीले गर्दा आफ्नो दैनिक जीवनयापन गर्न समस्या परेकाहरुका लागि सहयोग पुर्याउने उद्देश्यले कोरोना राहत कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस प्रकारको सेवा लिनका लागि इजी ट्याक्सी नेपालको वेबसाइटमा गएर नाम ठेगाना, फोन नम्बर राख्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘यस कोरोना महामारी हामी सबैको साझा चुनौती हो । हामी सबै मिलि आपसी सहयोगको भावनाले आफुले सक्नेसम्मको सहयोग गर्ने हो । त्यहि हिसाबले हामीले ट्याक्सी चालक परिवारहरुलाई केही सहयोगहोस भनेर राहत घोषणा गरेका हौं ।’

इजी ट्याक्सी नेपालले यसभन्दा अगाडि पनि चालकहरुको कोरोना बीमा, सवारी साधनको बीमामा छुटको व्यवस्था, मृतक चालकको परिवारलाई आर्थिक सहयोग लगायत अन्य थुप्रै राहत तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आगामी दिनहरुमा काठमाडौं महाानगरपालिका विभिन्न सरोकारबाला निकाय संघ संस्था तथा विभिन्न संगठनसँग मिलेर यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने काम गरिरहेको छ । साथै अनकल तथा अनलाइनको माध्यमबाट सेवा सञ्चालन गर्ने गरी काम गरिरहेको छ ।

यस व्यवसायमा आबद्ध रहेका स्वरोजगार तथा मजदूर चालकहरुलाई सामाजिक सुरक्षा कोषको अवधारणामा सामेल गराई राज्यले प्रदान गर्ने सुबिधा समेत ग्यारेन्टी गराउनेतर्फ इजी ट्याक्सी नेपाल लागिरहेको अवगत गराउँदछौं ।


क्लिकमान्डु