उदयपुर सिमेन्टले पुँजी बढाएर १० अर्ब पुर्याउने



काठमाडौं । उदयपुर सिमेन्ट उद्योगले पुँजी वृद्धि गर्ने भएको छ । उद्योगको आगामी जेठ ३० गते बस्ने वार्षिक साधारणमा विशेष प्रस्तावका रुपमा उक्त प्रस्ताव पेश गरिनेछ ।

उद्योगका सदस्य सचिव तथा महाप्रबन्धक गोपिकृष्ण न्यौपानेका अनुसार हाल कायम रहेको ४ अर्ब रुपैयाँको पुँजीलाई वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याइनेछ ।

उनका अनुसार हाल अर्थमन्त्रालयलाई बुझाउनुपर्ने साँवा १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ र ब्याज १ अर्ब ६६ करोड ९ लाख २० हजार २०० रुपैयाँ गरी ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रुपैयाँलाई सरकारका नाममै कायम हुने गरी पुँजी वृद्धि गरी साँवा तथा ब्याज रकम राफसाफ गरिनेछ ।

नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको उद्योगमा अब सरकारको नाममा १० अर्बको पुँजी हुनेछ ।

ऋणलाई पुँजी बनाएपछि ब्याजको भार कम पर्नेछ जसका कारण प्रतिबोरामा ३० रुपैयाँ लागत कम पर्ने महानिर्देशक न्यौपानेले बताए । 


क्लिकमान्डु