निषेधाज्ञामा पनि हेल्थवाइज पोलिक्लिनिकमा ओपीडी सेवा, आइसोलेसनको पनि सुविधा



काठमाडौं । कोरोना महामारीका कारण लागू भएको निषेधाज्ञाको समयमा पनि काठमाडौंको भीमसेनगोलामा स्थित हेल्थवाइज पोलिक्लिनिकले ओपीडी सेवालाई निरन्तरता दिएको छ । क्लिनिकमा निषेधाज्ञाको समयमा पनि ओपीडी सेवा उपलब्ध भएको डाक्टर स्टिभ भट्टराईले बताए ।

उनका अनुसार क्लिनिकमा आँखा, नाक, कान, छाला, मधुमेहलगायतका विभिन्न प्रकारका रोग लागेका बिरामीले सुविधा लिन सक्नेछन् ।

क्लिनिकले कोरोना संक्रमितहरुलाई अनलाइनमार्फत् काउन्सिलिङको सुविधा समेत उपलब्ध गराएको छ । कोरोना संक्रमितहरुले अनलाइनमार्फत् कन्सलटेसनको सुविधा लिन सक्ने भट्टराईले बताए ।

क्लिनिकले माइति नेपालसँगको सहकार्यमा प्यारागन स्कुलमा आइसोलेसन सेन्टर समेत शुरु गरेको छ । कोरोना संक्रमितहरुलाई आइसोलेसनमा राख्नका लागि उक्त सेवा पनि शुरु गरिएको क्लिनिककि सञ्चालक डिज्याक्सन भुसालको भनाइ छ ।

क्लिनिकले आवश्यक परेको अवस्थामा काठमाडौं उपत्यकाभित्र औषधि डेलिभरीको समेत व्यवस्था गरेको छ ।


क्लिकमान्डु