स्टार्टअप वर्ल्डकप नेपालको फाइनल आज, यी हुन् छनौटमा परेका उत्कृष्ट दश नवप्रवर्तन



काठमाडौं । स्थानीय नवप्रवर्तनलाई विश्व मञ्चसम्म पुर्याएर लगानी जुटाउने तथा विभिन्न देशका लगानीकर्तासँग सम्बन्ध स्थापित गर्ने उद्देश्यले शुरु भएको स्टार्टअप वल्र्डकप नेपाल प्रतियोगिताको आज अन्तिम नतिजा सार्वजनिक हुँदैछ ।

‘स्टार्टअप वर्ल्डकप–२०२१’ विश्वका ६० वटा देशमा संचालन भइरहेको छ भने नेपालमा स्टार्टअप हब नेपाल र वल्र्ड ट्रेड ग्रुप नेपालको संयुक्त आयोजनामा यो प्रतियोगिता चलिरहेको छ ।

यो कार्यक्रमको शुरुवात भने अमेरिकी कम्पनी स्पेस एक्सको भगिनी कम्पनी पिगासस टेक भेन्चरले गरेको हो ।

यस प्रतियोगिताबाट छानिने उत्कृष्ट नवप्रवर्तनले पुरस्कारका रुपमा १० लाख अमेरिकी डलर बराबरको लगानी जुटाउनेछ भने अमेरिकाको सान फ्रान्सिस्कोमा हुने विश्वव्यापी प्रतिस्पर्धामासमेत भाग लिन पाउनेछ ।

स्टार्टअप हब नेपालका अनुसार यो प्रतियोगिताको उत्कृष्ट १० मा पुग्ने कम्पनीहरु छनौट भईसकेका छ । जसमा सुदर्शन केसीको कुल टर्मिनल इलेक्ट्रिक सिस्टम, शुभराज शर्मामो स्याटालाइट सिस्टम, विवेकमणी आचार्यको मल्टिपेमेन्ट गेटवे च्यानल, सौगात भारद्वाजको इमिटेसन इन्नोभेसन र प्रकाश उप्रेतीको पार्टटाइम जबसँग सम्बन्धित नवप्रवर्तनका सोचहरु छनौटमा परेका छन् ।

त्यस्तै, जितजंग लकान्द्रीको इ–लिंक डिस्प्ले, सुरज प्रसाद पोखरेलको बायो चिप्स, अर्जुन केसीको सप्लाई चेन म्यानेजमेन्ट सिस्टोम, यसिर फिरोज र अभियान खनालको भर्चुअल बिजनेस कार्ड तथा अनिल पोखरेलको ल्याब रिजेन्टसँग सम्बन्धित नयाँ सोच छनौटमा परेका छन् ।

यो कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपाल, रोबोटिक्स एशोसिएसन अफ नेपाल, कम्प्युटर एशोसियसन नेपाल महासंघ, आइसिटी एशोसिएसन अफ नेपाल लगायत संस्थाहरुको समन्वय छ ।

 


क्लिकमान्डु