नेपाल एयरलाइन्सले चीनबाट थप ९७५ थान अक्सिजन सिलिण्डर ल्यायो
काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडबडी जहाले चीनबाट आइतबार र र सोमबार गरी थप ९ सय ७५ थानन अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ ।
अहिलेसम्म एयरलाइन्सले चीनबाट जम्मा १३ सय ७५ थान सिलिण्डर नेपाल ल्याएको छ । एयरलाइन्सले आगामी दिनमा फेरि चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याउने छ ।
निगमले यसअघि वैशाख २८ गते चीनबाटै ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यीसबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो ।
चीन सरकारको दुई हजार अक्सिजन सिलिण्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसिले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिण्डर नेपाल ल्याउने निगमले जनाएको छ ।
गत शनिबार पनि निगमले गैर आवासीय नेपाली सङघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको थियो ।