एक अन्तर्राष्ट्रिय शोध भन्छः कोरोना प्रभावित तीनमध्ये एक जनामा मानसिक समस्या



काठमाडौं । एक खोजमा भनिए अनुसार कोरोना संक्रमति भएर निको भएका बिरामीमा एक प्रकारको नयूरोलोजिकल या मनोरोग हुने पत्ता लागेको छ ।

जानकारी अनुसार कोरोना संक्रमित भएका तीन मध्ये एक जनामा त्यस्तो समस्या देखिएको हो । द लासेन्ट साइकेट्री जर्नलमा प्रकाशित एक विवरण अनुसार कोरोना भएका मानिसहरुको अनुसन्धानको क्रममा उक्त तथ्य फेला परेको हो ।

उक्त खोजका लागि २ लाख ३० हजार कोरोना संक्रमित भएका व्यक्तिको स्वास्थ्य विवरणमाथि अनुसन्धान गरिएको थियो ।

शोधमा १४ प्रकारका न्यूरोलोजिकल (मस्तिष्क सम्बन्धी ) तथा मानसिक विकारको समेत पत्ता लागेको जनाइएको छ । कोरोना महामारी शुरु भएपछि मानिसमा लगातार चिन्ता बढी रहने पाइएको छ । कोरोना निको भएपछि पनि न्यूरोलोजिकल विकारको जोखिम बढ्न सक्छ ।

उक्त शोध समूहको अध्ययनमा पत्ता लागेको अर्को तथ्य भनेको संक्रमित भएपछिको ती महिनासम्म मुड अफ हुने तथा एन्जायटी डिस्अर्डर हुने सम्भावना पनि बढी रहन्छ ।

तर, यसबारेमा हालसम्म कुनै पनि थप परिक्षण भने हुन सकेको छैन । ताजा शोधमा अमेरिकको ट्रिनेटएक्स नेटवर्कले २ लाख ३६ हजार ३७९ कोरोना संक्रमित बिरामीको विद्युतीय स्वास्थ्य विवरणको विश्लेषण गरेको थियो । कुल ८ करोड १० लाख मध्ये उक्त संख्याको मात्रै विवरण परिक्षण गरिएको थियो ।

यस्तै, त्यसमा इन्फ्लूयन्जाबाट पीडित १ लाख ५ हजार ५७९ बिरामी तथा इन्फ्लूयन्जासहित कुनै पनि प्रकारको श्वासप्रश्वास सम्बन्धी संक्रमणबाट ग्रसित भएका २ लाख ३६ हजार ३८ बिरामीको तुलना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमणपछि न्यूरोलोजिकल वा मानसिक डिसअर्डरबाट ग्रस्त भएका मानिसको संख्या ३४ प्रतिशत रहेको थियो । त्यसमा कूल १३ प्रतिशत मानिसको भने पहिल्यै कुनै न कुनै प्रकारको न्यूरोलोजिकल समस्या थियो ।

कोरोनाका कारण आम रुपमा एन्जायटी डिसअर्डरमा १७ प्रतिशत बराबरको हिस्सा देखिएको थियो । मूड डिसअर्डर १४ प्रतिशत, सब्सटेन्स मिसयूज डिसअर्डर ७ प्रतिशत तथा अनिद्राका बिरामी ५ प्रतिशत बराबर रहेको थियो ।

अक्सफोर्ड विश्वविद्यालयका शोधका सहलेखक डा म्याक्स टैंकेटका अनुसारे नतिजाबाट पत्ता लागेको छ कि कोरोना तथा अन्य प्रकारका फ्लू या अन्य श्वास प्रश्वास सम्बन्धी संक्रमणपछि मतिस्क बिरामी तथा साइकेटिक डिस्अर्डर जस्ता समस्या आमरुपमा देखिएको छ ।


क्लिकमान्डु