सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच साझेदारी



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन काठमाडौं प्रालिबीच प्रि कोभिड र पोस्ट कोभिड सेवा सम्बन्धीसम्बन्धी साझेदारी भएको छ ।
कोभिड–१९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था श्रृजना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले अहिलेको यस बिषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टर सम्म सहज पहुंच नपुगीरहेको परिप्रेक्षमा यस कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीका लागि स्वास्थय सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयरसुविधा अन्तर्गत क्लिनिक वनसँग प्रि कोभिड र पोस्ट कोभिड सेवा सम्झौता भएको हो ।

सम्झौता अनुसार यस कम्पनीसंग सम्वन्ध व्यक्तिहरुले उक्त क्लिनिकबाट पूर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरि लिन सक्ने व्यवस्था गरिएको छ ।

कोभिड केयर सेवामार्फत् अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल््याब टेस्ट, घरमै पीसीआर टेस्ट, विभिन्न खोपका लागि व्यवस्था, रगत परीक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाइनेछ ।

यसका लागि कम्पनीले २४औं घण्टा सम्पर्क र सेवा लिनका लागि हटलाइन फोन नम्बरको व्यवस्था गरिएको छ ।


क्लिकमान्डु