७५० स्थानीय तहमा पुग्यो वाणिज्य बैंकको शाखा



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको शाखा चैत मसान्तसम्ममा ७५० स्थानीय तहमा पुगेको छ । कुल ७५३ स्थानीय तहमध्ये अब ३ वटा गाउँपालिकामा मात्रै वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ ।

२०७६ चैतसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ चैत मसान्तमा १४० रहेको छ ।

यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ चैत मसान्तमा १०,५४६ पुगेको छ ।


क्लिकमान्डु