अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न सहकारीलाई विभागको निर्देशन



काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिभर देशभरका सहकारी संघ-संस्थाहरुले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न सहकारी विभागले निर्देशन दिएको छ ।

विभागले बुधबार देशभरका सहकारी संस्थाहरुका लागि सूचना जारी गर्दै अत्यन्त जरुरी र अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्न भनेको हो ।

‘नेपालभर क्रियाशिल सबै सहकारी संघ संस्थाहरुले अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनको पूर्ण समन्वयमा मात्र संचालन गर्न पाउनेछन्,’ विभागले जारी गरेको निर्देशनमा भनिएको छ ।

अत्यावश्यक बाहेक बाँकी सम्पूर्ण सेवाहरु अहिलेको अवस्था सहज नभएसम्म र विभागले अर्को सूचना जारी नगरुञ्जेलसम्म स्थगन गर्न निर्देशन दिइएको छ ।


क्लिकमान्डु