उद्योग परिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड १९ विरुद्धको आपतकालीन परिस्थितिसंग जुध्न सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।
परिसंघले सोमबार आफ्नो सदस्य संस्था होङ्शी-शिवम् सिमेन्टमार्फत् ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
२ करोड रुपैयाँ बरावरको सो सामग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले महामारी तथा अक्सिजनअभावको अहिलेको अवस्थामा ठूलो राहत हुने बताए ।
त्यस्तै अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले महामारीको संकटका बखत नेपालको निजी क्षेत्र सरकारसँगै रहेको बताए ।