नाडाद्वारा नेपाल एपीएफ अस्पताललाई स्वास्थ्य सामग्री प्रदान



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले कोरोना संक्रमण रोकथामका लागि नेपाल एपीएफ अस्पताललाई सहयोग स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लिपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार थान समेत कूल ५ थरिका मेडिकेटेड सामान उपलब्ध गराएको हो ।

नेपाल एपीएफ अस्पताल अन्तर्गतको कोभिड—१९ युनिफाइड अस्पतालका प्रहरी उपनिरिक्षक डा. मिना कुँवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सामग्री हस्तान्तरण गरे ।


क्लिकमान्डु