अक्सिजनका सिलिण्डर उपलब्ध गराउन उद्योगलाई निजी क्षेत्रका तीन संघको अपिल



काठमाडौं । निजी क्षेत्रका तीन संघ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स कोभिड १९ को उपचारका उद्योगहरुसँग अक्सिजनका सिलिण्डर नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपिल गरेका छन् ।

आइतबार अपिल गर्दै ती संघले संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको भन्दै आफूसँग मौज्दात अक्सिजन सिलिण्डर उपलब्ध गराउन अपिल गरेको हो ।

उनीहरुले मानव स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चिति नगरिदिन हुन आग्रह गरेका छन् ।

‘अन्य व्यवसायीसँग यदि सिलिन्डर छन भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरि सम्बन्धित निकायमा उपलब्ध गराइदिन हुन अनुरोध गर्दछौ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसैगरि अत्यावश्यकीय खाद्य सामाग्रीको संचिति र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि हाम्रो ध्यानाकर्षण भएको भन्दै उनीहरुले माहामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिति र मूल्यवृद्धि नगर्न प्रतिनिधिमूलक संस्थाहरु सम्वद्ध सबै व्यवसायीहरुमा अपील गरेको छ ।

‘अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आव्हान गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

‘साथै आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउदै अनावश्यक संचिति नगरिदिन हुन पनि अनुरोध गर्दछौ । यसैगरि केहि निजी अस्पतालहरुले बिषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचार तर्पm पनि हाम्रो ध्यानाकर्षण भएको छ । बिरामीहरुको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल वन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्ने तर्पm लाग्नु हुनेछैन भन्ने पनि हामीले विश्वास लिएका छौ । हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु जिम्मेवार व्यवसायमा विश्वास गर्छौ र बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भत्र्सना र विरोध गर्दछौ । चरम संकटका बेला जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्न एवं गैर प्रतिष्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारवाही गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सरकारको साथमा रहेको जानकारी पनि गराउन चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु