प्रतिबद्धताको ३४ मात्र बैदेशिक लगानी भित्रियो, बढी बिदेशी लगानी भारतको



काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिबद्धता अनुसार नआएको देखिएको छ ।

प्राप्त वैदेशिक लगानी प्रतिवद्धतामा ३४.१ प्रतिशत मात्र प्राप्त भएको नेपाल राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ ।

राष्ट्र बैंक अनुसन्धान विभागले गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लागानी सम्बन्धी स्थलगत सर्वेक्षणको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ असार मसान्तसम्म विदेशी लगानीकर्ता नेपालमा ३ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता गरेका थिए । यो आर्थिक वर्ष २०५२÷०५३ असार मसान्तयताको तथ्यांक हो । सो अवधिमा गरिएको लगानी प्रतिवद्धताको करिब एक तिहाई ३४.१ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब ९३ करोड रुपैयाँमात्रै वैदेशिक लगानी नेपाल भित्रिएको राष्ट्र बैंकद्वारा प्रकाशित तथ्यांकल देखाएको छ ।

यसैगरी, सो २०७५/०७६ सम्म नेपालमा कुल १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक लगानी नेपाल भित्रिएको थियो । जसको ३०.६ प्रतिशत अर्थात् ५६ अर्ब ५ करोड रुपैयाँ भारतबाट मात्र भित्रिएको सो प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, चिनबाट २७ अर्ब ५६ करोड रुपैयाँ, सेन्ट किष्ट एण्ड नेभिसबाट २४ अर्ब ९३ करोड रुपैयाँ, आर्यल्याण्डबाट ११ अर्ब ५९ करोड रुपैयाँ, सिंगापुरबाट ८ अर्ब ७२ करोड रुपैयाँ, अष्ट्रेलियाबाट ७ अर्ब ६३ करोड रुपैयाँ, युएईबाट ६ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी प्राप्त भएको छ । साथै, बंगलादेशबाट ५ अर्ब ११ करोड, दाक्षिण कोरियाबाट ४ अर्ब ७६ करोड रुपैयाँ, अमेरिकाबाट ४ अर्ब ४७ करोड रुपैयाँ र अन्य देशबाट २५ अर्ब १९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको छ ।

सो अवधिमा नेपालमा वैदेशिक लगानीका ठूला ४९ वटा, मध्या ५१ वटा र साना ४ सय २२ गरी कुल ५ सय २२ वटा उद्योगहरु सञ्चालनमा रहेका थिए । जसमा राष्ट्र बैंकले नमुना सर्वेक्षण गर्दा सो प्रतिवेदन राष्ट्र बैंक अनुसन्धान विभागले ५३ वटा देशले लगानी गरेका ४९ वटा ठुला, ३७ वटा मध्यम र ६७ वटा साना प्रत्यक्ष वैदेशिक लगानीका उद्योगगरी १ सय ५३ वटा उद्योग समेटेको थियो ।

नेपालमा प्रत्यक्ष वैदेशिक लागानी सम्बन्धी स्थलगत सर्वेक्षणको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा भित्रिएको कुल वैदेशिक लगानी अघिल्लो आवको तुलनामा ८.८ प्रतिशतले घटेको छ ।

अघिल्लो आव २०७४/०७५मा यस्तो लगानी २ खर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । भने, यस प्रकारको प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्ष ०७७ असार मसान्तमा १९ अर्ब ४८ करोड रुपैयाँले थप भइ २ खर्ब २ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंक अनुसन्धान विभागले जानकारी दिएको छ ।

राष्ट्र बैंक अनुसार सो अवधिमा नेपालमा रहेको वैदेशिक लगानीमा ८८ अर्ब १५ करोड रुपैयाँ नेपाल भित्रिएको विदेशी लगानी रहेको छ भने ७८ अर्ब ३८ करोड रुपैयाँ लगानीमा रहेका उद्योगहरुको आम्दानी र १६ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक कर्जा रहेको देखिन्छ । सो तथ्यांक अनुसार नेपाल भित्र रहेको वैदेशिक लगानीमा करिब आधा हिस्सा आम्दानी रहेको देखिन्छ ।

सार्वजनिक तथ्यांक अनुसार ०७६ असार मसान्तसम्म प्राप्त कुल प्रत्यक्ष वैदेशिक लगानीमा ५२ अर्ब २४ करोड रुपैयाँ उत्पादन, खानी तथा प्रसोधन उद्योगमा लगानी रहेको छ । यस्तै, वित्तीय सेवा उद्योगमा ५० अर्ब ९ करोड रुपैयाँ, ३६ अर्ब ६५ करोड रुपैयाँ र विद्युत ग्यास र पानी उद्योगमा, यातायात तथा सञ्चार उद्योगमा २६ अर्ब ५७ करोड रुपैयाँ र अन्य उद्योगमा १७ अर्ब ३५ करोड रुपैयाँ लगानी रहेको छ ।


क्लिकमान्डु