बैदेशिक लगानी ३४.८ प्रतिशतले घट्यो



काठमाडौं । चालु आवको फागु महिनासम्म विदेशी लगानी ३४.८ प्रतिशतले कमी आएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी घटेर१० अर्ब १८ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ६१ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आई रु.११ अर्ब ९१ करोड कायम भएको छ ।


क्लिकमान्डु