म अरु हिँडेको बाटो हिँडे, सेफ सन्तोषले आफैं बाटो बनाउनु भयोः अनिल शाह (भिडियोसहित)



मलाई धेरैले भन्छन्, ‘ओहो अनिल जी तपाईं जस्तो मेरो छोराछोरी पनि हुनुपर्छ ।’

तर मैले के गरेँ ?

म त स्कुल गएँ । ब्याचलर बीबीए गरेँ । एमबीए गरेँ । एउटा रेज्युम लिएर आएँ । एउटा बैंकमा जागिर खाएँ । र, जागिर खाँदाखाँदै यहाँसम्म पुगे ।

म अरुले बनाइसकेको बाटोमा हिँडे । हो अरुले बनाइदिएको बाटोमा अलिक ढिलो र छिटो हिँडे होला तर मैले बाटो त बनाइन नि ।

तर आजको हाम्रो मानुभाव सेफ सन्तोष साह यस्तो व्यक्तित्व हुनुहुन्छ जसले गोरेटो बाटोबाट संसारमा नेपालको राम्रो पक्षबारे प्रचारप्रसार गर्नु भएको छ ।

उहाँले पढेर, डाक्टर, इन्जिनियर, बैंकर बन्ने बुबा आमाको चाहना हुन्छ नि त्यो बाटोमा हिँड्नु भएन, उहाँ त आफ्नो मनको बाटोमा हिँड्नुभयो । उहाँको चाहनाको, प्यासनको र सपनाको बाटोमा हिँड्नुभयो । उहाँले आफ्नो सपनालाई साकार बनाउन हिँड्नुभयो ।

मलाई उहाँको सबैभन्दा राम्रो पक्ष के लाग्यो भने उहाँ आफू कहाँबाट आएको हो भन्नेमा कहिल्यै लजाउनु भएन । उहाँले छाती फुलाएर भन्नु भयो, ‘म जहाँबाट आएँ, त्यसप्रति माया छ, किनभने त्यहीँ माटो, त्यही पानीका कारण आज म यहाँ आइपुगेको छु ।’

मैले कैयन सक्षम नेपालीहरु भेटेको छु, जसले इतिहासको कुरा गर्नुहुँदैन । उहाँहरु आज वर्तमानको कुरा गर्नुहुन्छ र भविष्यको कुरा गर्नुहुन्छ । उहाँहरुका कुरा सुन्दा इतिहासबाट लजाउनु हुन्छ भन्ने लाग्छ । तर उहाँलाई भेट्दा मलाई के लाग्यो भने उहाँलाई आफ्नो इतिहासमा गर्व गर्नुहुन्छ ।

उहाँलाई म यो ठाउँबाट आएँ, यो गाउँबाट आएँ, मेरो इतिहास यो हो भनेर उहाँले जसरी भन्नु हुन्छ त्यो नेपालीको पहिचान पनि त हो ।

किनभने आज हाम्रो देशको कुरा गर्नुहुन्छ भने संसारमा झल्कने नै हाम्रो देश हो । यो हाम्रा पूर्खाहरुले जुन मन्दिर बनाउनु भयो, ढुंगेधार बनाउनु भयो । आज त्यही हेर्न संसारबाट मानिस आउँछन् ।

म उहाँबाट निकै प्रभावित भएको छु । म मात्रै होइन कैयन नेपाली युवाहरु पनि उहाँबाट प्रभावित भएका छन् ।

म जहिले पनि भन्छु, ‘कुनै पनि देशको भविष्य त्यो देशको युवाहरु हो । र, कुनै पनि देशको भविष्य त्यो दिन कालो हुन्छ जुन दिन त्यो देशका युवाहरुले त्यही देशमा आफ्नो भविष्य देख्दैनन् ।’

जब युवाहरुले म पसिना बगाउँछु, बुद्धि चलाउँछु । तर यो देशमा होइन विदेशमा भन्छ भने अनि त्यो देशको भविष्य कालो हुन्छ । हाम्रो देशमा धेरै अन्धकार छ । तर त्यो अन्धकारमा उज्यालो ल्याइदिने केही व्यक्तिहरु पनि हुनुहुन्छ । र, आज जुन व्यक्तिलाई नबिल हिरो भनेर सम्मान दिइरहेका छौं, उहाँ पनि त्यस्तै झल्झल बलिरहेको व्यक्ति हो । जसले जहाँ जानु हुन्छ उज्याले फैलाउनु हुन्छ । युवाहरुमा आशा र आकांक्षा फैलाउनु हुन्छ कि हामी पनि सक्छौं है केही गर्न भन्ने आत्मविश्वास जगाउनु हुन्छ ।

अरुले जे गर्छ त्यही मात्रै गर्नुपर्छ भन्ने छैन । जे मन लाग्छ त्यही गरे पनि सक्षम र खुसी हुन्छ भन्ने आशा उहाँले युवाहरुको मनमा जगाउनु भएको छ । (शाहले सेफ सन्तोष साहलाई सम्मान गर्नका लागि नबिल बैंकले आयोजना गरेको कार्यक्रमा व्यक्त गरेको विचारको अंश)


पुष्प दुलाल