सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । गत आइतबारदेखि स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ६ रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने बुधबार ८६ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ थियो भने बुधबार १० रुपैयाँ घटेर १२ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु