महासंघ र उद्योग विभागले उद्योगको गुणात्मक विश्लेषणसहित अध्ययन गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा सञ्चालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो ।
समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले आज एक समारोहका बीच काठमाडौंमा हस्ताक्षर गरे ।

त्यसरी तयार गरिएको डाटावेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ । दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसंग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिवद्धता जनाएका छन् ।

आपसी सहमति अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरुको संचालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा संवोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसायको निरन्तर सञ्चालनमार्फत् दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनस्र्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्था बीच विभागको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख गरिएको छ ।

सोही समिति मार्फत नियमितरूपमा दुवै संस्थाहरु एक ठाउंमा वसी बैठक छलफल गर्ने, संकलित तथ्यांकको भण्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचार प्रसार र समन्वयवका लागि केन्द्रीय तथ्यांक विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारीहरू र गैर सरकारी संस्थाका प्रतिनिधिलाई समेत आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ ।

मुलुकभित्र सञ्चालित उद्योग व्यवसायका सम्बन्धमा ठोस र आधारिक तथ्यांकको नहुंदा उद्योग व्यवसाय विस्तारमा समेत कठिनाई पर्न गएको यथार्थताबीच महासंघ र बिभागको यो सहकार्यबाट संवोधन हुने अपेक्षा गरिएको छ । महासंघको उद्योग समितिको सक्रियतामा यो समझदारीले मूर्तरुप पाएको हो ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्र बीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष गोल्छाले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष ४ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पूरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास प्रकट गरे ।

उद्योग विभागका महानिर्देशक भुषालले महासंघसंग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी सांच्नै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास प्रकट गरे ।

महानिर्देशक भुषालले उद्योग विस्तार गर्न कहा“ समस्या छन् त्यसको पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमति महत्वपूर्ण पहल हुने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले आजको सहमती ऐतिहासिक भएको भन्दै उद्योगस“ग सम्बन्धित नीति निर्माणमा यसले ठूलो सहयोग पुर्याउने विश्वास प्रकट गरे ।

महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यले सरकार र महासंघ बीचको यो समझदारी मुलुकभित्र उद्योग व्यवसाय बिस्तारमार्फत् रोजगारी सृजना, लगानी तथा प्रविधि आकर्षणका लागि समेत सेतु बन्ने धारणा राखे ।


क्लिकमान्डु