जलविद्युत् विकास कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ गरायो



काठमाडौं । जलविद्युत् विकास कम्पनी(एचआइडीसीएल)ले हकप्रद सेयर जारी गर्न रेटिङ गराएको छ ।

केयर नेपालमा एचआइडीसीएललाई ‘केयर एनपी ए’ रेटिङ दिएको छ । यो भनेको सुरक्षित भएको केयर नेपालले जनाएको छ ।

एचआईडिसीएलले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय २०७५ सालमा नै गरेको थियो । सरकारी लगानीको कम्पनीमा सरकारले पैसा निकासा गरेपनि कम्पनीमा व्यवस्थापकले गरेको बद्मासीको कारण हकप्रद सेयर निष्कासन अन्यौलमा परेको थियो ।

धितोपत्र बोर्ड पछिल्लो समय एचआईडिसीएललाई हकप्रद सेयर जारी गर्ने संस्थाको सूचिबाट नै हटाएको थियो । रेटिङ भइसकेको हुँदा हकप्रद सेयर जारी गर्ने बाटो एचआईडिसीएललाई खुलेको छ ।


क्लिकमान्डु