राजनीतिक हल्लाको प्रभाव सेयर बजारमा , २१ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । राजनीतिक हल्लाको प्रभाव शेयर बजारमा देखिएको छ । मुलुकमा राजनीतिक अस्थिरता निम्तिने आशंकामा अधिकांश लगानीकर्ता हडबढाएको देखिन्छ । जसको प्रभावले गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ ।

नेप्से मंगलबार २१.१६ विन्दुले घटेको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ सूचक पनि २.४१ विन्दुले घटेको छ । मंगलबार २०५ वटा कम्पनीको सेयर कारोबार भएको छ । ८३ हजार ३५७ पटकमा १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर कारोबार भएको छ ।

८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । ४६ कम्पनीको सेयर मूल्य बढेका छन् भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

मंगलबार ट्रेडिङ समूह बाहेक नेप्सेका सबै समूह घटेका छन् । ट्रेडिङ समूह २६.७३ विन्दुले बढेको छ । सबैभन्दा धेरै उत्पादन मूलक समूह ९५.९९ प्रतिशतले घटेको छ । बैंक ७.७२, होटल ३१.५८, विकास बैंक ३०.२७, जलविद्युत १२.४७, वित्तीय ७.०१, नन् लाइफ इन्स्योरेन्स ५२.०४, अन्य ५१.११, माइक्रोफाइनान्स ६.३२, लाइफ इन्स्योरेन्स २०.२ र सामूहिक लगानी कोष ०.१६ विन्दुले घटेको छ ।

नेपाल फाइनान्स, अपी पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी र हिमालयन पावर पाटनरको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । अघिल्लो आइतबारदेखि कारोबार शुरु गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु