सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार बढेर ९० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु