बन्दको अनुगमन गर्न हिँडेका प्रचण्डले भने- एमसीसी विरुद्धको नारा नलगाऔं



काठमाडौं । नेकपाका प्रचण्ड र माधव नेपाल सूमहले बिहीबार देशव्यापीरुपमा आम हड्तालको आयोजना गरेका छन् । जसको प्रभाव आंशिकरुपमा परेको देखिन्छ । बिहान काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी गरेपछि बन्दको विरोध अझ चर्को गरी उर्लिएको छ ।

बिहानको खाना खाएर आम हड्तालबारे नेताहरु अनुगमनमा हिँडेका थिए । माधव कुमार नेपाल स्कुटरमा चढेर हिँडे भने प्रचण्ड ल्यान्ड क्रुजर गाडीमा हिँडेका थिए । प्रचण्ड त पुलचोकको सडकमा पानी र चिउरा राखेर सडकमै बसेका थिए ।

आन्दोलनकै क्रममा संसद बिघटन मुर्दावादको नारा लाग्यो । प्रचण्डलगायत फम्फा भुसाललगायतका नेताले हात उठाएर मुर्दावाद भने । नारा लगाउनेले लगत्तै एमसीसी चाहिँदैन, एमसीसी मुर्दावादको नारा लगाए । त्यसपछि भने प्रचण्डले नारा लगाउनुका साटो हातले उक्त नारा नलगाउन भने ।

प्रचण्डको इसारा बुझेर फम्फा भुसाललगायतका नेताहरुले सम्झाए । एकैछिनमा एमसीसीविरुद्धको नारा फेरि लाग्यो । यसपटक भने हात उठाएर नारा लगाइरहेका प्रचण्डले हात उठाएनन् । मुसुमुसु हाँसेर त्यहाँबाट हिँडे ।

प्रतिनिधिसभामा एमसीसी सम्बन्धि विधेयक प्रचण्डले नै प्रस्तुत नै हुन नदिइरहेको आरोप खेपिरहेका बेलामा प्रचण्डले एमसीसी विरुद्धको नारा नलगाऔं भन्नु आफैमा अर्थपूर्ण छ ।

 


क्लिकमान्डु