सरकारले १० अर्ब आन्तरिक ऋण उठाउँदै



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकमार्फत् १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । जसका लागि राष्ट्र बैंकले माघ १३ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दैछ ।

बोलककोलमार्फत् ब्याजदर निर्धारण हुने गरी ७ वर्षका लागि राष्ट्र बैंकले ‘विकास ऋणपत्र २०८४ ‘ङ’ जारी गर्ने लागेको हो । जसमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक सहभागी हुनसक्ने उल्लेख गरिएको छ । खरिदकर्ताले सो ऋणपत्र धितो राखी कर्जा लिनसमेत सक्नेछन् । ऋणपत्र २०८४ माघ १४ गते परिपक्का हुनेछ ।

खरिदकर्ताले न्यूनतम ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमा नबढेमा ५० हजार रुपैयाँले भाग गर्दा आउने निःशेष अंकको लागी आवेदन दिन सक्नेछ ।


क्लिकमान्डु