सनराइज बैंक थप नयाँ ३ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात
काठमाडौं । सनराइज बैंकले उदयपुर र ओखलढुंगा जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले त्रियुगा नगरपालिका –४ बगाहा उदयपुरमा १ वटा र सिद्धिचरण नगरपालिका –४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका –४ केत्तुके ओखलढुंगामा २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६६ पुगेको छ ।
यी शाखा कार्यालयबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पुर्याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १३९ वटा शाखा, ६६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।