सानिमा बैंक ललितपूरको महालक्ष्मी (इमाडोल)मा



काठमाडौं । सानिमा बैंकले नयाँ बैंकिङ कार्यालय स्थापना गरेको छ । बैंकले माघ २ गते ललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै), बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) द्वारा भएको छ । समुद्घाटन् समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई गरे । मह जोडीले सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिएका छन् ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टर र ८३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


क्लिकमान्डु