एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले जलविद्युतमा ५ करोड लगानी गर्ने



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ५ करोड रुपैयाँ जलविद्युत कम्पनीमा लगानी गर्ने भएको छ ।

कम्पनीले संयुक्त उर्जा प्रा.लिद्वारा प्रर्वद्र्धित म्याग्दीमा रहेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनामा उक्त रकम लगानी गर्न लागेको हो ।

कम्पनीका अनुसार म्याग्दीमा रहेको ठूलो खोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्न लागेको छ ।

५ करोडमा पहिलो चरणमा लगानीको २० प्रतिशत अर्थात १ करोड रुपैयाँ तत्काल लगानी गर्ने र बाँकी रकम क्रमैसँग लगानी गर्दै जाने निर्णय भएको छ ।


क्लिकमान्डु