एनएमबि बैंकको साधारणसभा सम्पन्न, अधिकृत पूँजी २० अर्ब पुर्याउने

क्लिकमान्डु २०७७ पुष २९ गते १८:१४ मा प्रकाशित

काठमाडौं । एनएमबि बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६÷७७ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश सेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने प्रस्ताव पारित गरेको छ । सभाले बैंकले अधिकृत पूँजी १६ अर्बबाट बृद्धि भएर २० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।
कोभिड–१९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स