हिमालयन बैंक र सिप्रडी ट्रेडिङ्गबीच सवारी कर्जा सम्बन्धि सम्झौता



काठमाडौं । हिमालयन बैंक र सिप्रडी ट्रेडिङ्ग प्रालिबीच सवारी कर्जा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार सिप्रडी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रडी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ ।


क्लिकमान्डु