माछापुच्छ्रे बैंकको बचत र ऋणमा यस्तो छ ब्याजदर
काठमाडौं । माछापुच्छ्रे बैंकले माघ महिनाको ब्याजदर सार्वजनिक गरेकाे छ ।
बैंकको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.५० देखि ७ प्रतिशतसम्म ब्याज पाइने छ । यस्तै बचतमा न्यूनतम १ देखि ४ प्रतिशतसम्म ब्याज पाइने छ ।
मंसिरमा बैंकको आधारदर ७.८२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.३२ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट अधिकांश कर्जा लिँदा १४.३२ प्रतिशत ब्याज लाग्ने छ । अटो, मोटरेज, सेयर धितोकर्जा, शैक्षिक धितोकर्जा, १४.३२ प्रतिशत ब्याज लाग्ने छ ।
बैंकबाट होम लोन लिँदा ५ वर्ष सम्मको लागि ९.८९, ५ देखि १० वर्षको लागि १०.८९ र १० वर्ष भन्दा बढी अवधिको लागि ११.८९ प्रतिशत ब्याज लाग्ने छ । अटो लिन लिँदा ५ वर्ष सम्मको लागि ९.९९, ५ देखि १० वर्षसम्मको लागि १०.९९ र अन्य खालका रिटेल लोन लिँदा ५ वर्ष सम्मको लागि १०.२४ र ५ देखि १० वर्ष सम्मको लागि ११.२४ र १० वर्ष भन्दा माथीको अवधिको लागि १२.२४ प्रतिशत ब्याज लाग्ने छ ।