प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत र ऋणको कति छ ब्याज ?
काठमाडौं । प्रभु बैंकले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.५० प्रतिशत र संस्थागत तर्फ ६.५० प्रतिशतसम्म ब्याज पाइने रहेको छ । यस्तै बचतमा न्यूनतम १ देखि ४ प्रतिशतसम्म ब्याज पाइने छ ।
बैंकको असोजको आधारदर ७.३९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा ११.३९ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट अधिकांश कर्जा लिँदा ११.३९ प्रतिशत ब्याज लाग्ने छ । हायर पर्चेज, अटो, सेयर धितोकर्जा, शैक्षिक धितोकर्जा, होम लोन लिँदा ११.३९ प्रतिशत ब्याज लाग्ने छ ।
बैंकका अनुसार तीन प्रकारका लोनमा निश्चित ब्याजदर रहेको छ । बैंकबाट होम लोन लिँदा ५ वर्ष सम्मको लागि ९.९९, ५ देखि १० वर्षको लागि १०.९९, अटो लिन लिँदा ५ वर्ष सम्मको लागि १०.२४, ५ देखि १० वर्षसम्मको लागि ११.२४ र अन्य खालका पर्सन लोन लिँदा ५ वर्ष सम्मको लागि १०.९९ र ५ देखि १० वर्ष सम्मको लागि ११.९९ प्रतिशत ब्याज लाग्ने छ ।
राष्ट्र बैंकले प्रत्येक महिनाको अन्तिम दिनसम्म आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरे अनुसार तीनवटा वाणिज्य बैंकले आगामी महिनाको व्याजदर सार्वजनिक गरेका छन् ।