हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति पाइन्छ ब्याज ?
काठमाडौं । हिमालयन बैंकले माघ महिनाको लागि व्याजदर सार्वजनिक गरेका छन् ।
राष्ट्र बैंकले प्रत्येक महिनाको अन्तिम दिनसम्म आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरे अनुसार तीनवटा वाणिज्य बैंकले आगामी महिनाको व्याजदर सार्वजनिक गरेका छन् ।
बैंकको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ४ देखि ७.५० प्रतिशत र संस्थागत तर्फ ३ देखि ७ प्रतिशतसम्म ब्याज पाइने रहेको छ । यस्तै बचतमा न्यूनतम ०.१५ देखि ४ प्रतिशतसम्म ब्याज पाइने छ ।
बैंकको मंसिरको आधारदर ६.८८ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा ११.८८ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट हायर पर्चेज, रियल स्टेट, अटो, सेयर धितोकर्जा, शैक्षिक धितोकर्जा लिँदा ११.८८ प्रतिशत ब्याज लाग्ने छ ।