हिमालयन बैंकको २८औ बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । हिमालयन बैंकको अठ्ठाइसौं वार्षिक साधारण सभा पुस २७ गते सम्पन्न भएको छ । बैंकले
बार्षिक साधारण सभा कोभिड—१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न गरेको हो ।
साधारण सभाले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश
(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्नेछ ।
सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै, २८ वर्ष देखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ्ग प्रणालीको विकास
गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउन लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको जनाइएको छ ।
हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर र १४६ एटिएमबाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ८६ करोड ३ लाख रुपैयाँ पुगेको छ । कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई १ खर्ब ७ अर्ब २९ करोड ४८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।