सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा जाजरकोटको कालीमाटीमा



काठमाडौं । सिटिजन्स बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका स्थित कालीमाटी बजार १०७ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी गर्न सकिने छ ।

साथै बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । उक्त यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकले उल्लेख्य सेवा दिने बताइएको छ । बैंकले हाल देशैभरी रहेका १०९ वटा शाखा, ९८ वटा ए.टि.एम र १०७ वटा शाखाबाट सेवा दिइरहेको जनाएको छ ।


क्लिकमान्डु